+
+

दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिंदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १७:०२
फाइल तस्वीर

१ भदौ, काठमाडौं । काठमाडौंको फोहोर बन्चरेडाँडामा फाल्नका लागि दुई जना प्रहरी उपरीक्षक (एसपी) खटिएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको टोली बन्चरेडाँडा खटिएका हुन् । यसअघि काठमाडौंबाट फोहोरको गाडी बोकेर गएका गाडीको सुरक्षाका लागि एसपीभन्दा तल्लो दर्जाका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

तर मंगलबार स्थानीयको अवरोध चिर्न रबरको गोली नै प्रहार गर्नु परेको थियो । बल प्रयोग गरेर १८६ गाडी फोहोर मंगलबार बन्चरेडाँडामा पुर्याइएको थियो ।

बुधबार फोहोरको गाडी बोकेर बन्चरेडाँडा पुगेका गाडीलाई फोहार फाल्न स्थानीयले अवरोध खडा गरेपछि प्रहरी र स्थानीय बीच झडप समेत भएको छ । सो क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा समेत लिएको छ ।

‘स्थानीयको अवरोध खुलाउन हामी आफैं फिल्डमा छौं । प्रहरीको सुरक्षा घेरामा काठमाडौंको फोहोर बञ्चरेडाँडामा खसिरहेको छ । स्थानीयको अवरोध हटाएर फोहोर फाल्ने काम भइरहेको छ’ मैनालीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?