+
+

अखिल क्रान्तिकारीको विवाद मिलाउने जिम्मा प्रचण्डलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते १७:४५

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवाद समाधान गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले विद्यार्थी संगठनमा देखिएको विवाद मिलाउने जिम्मा प्रचण्डलाई दिने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

‘विद्यार्थीमा दुई समूह देखियो त्यसलाई मिलाउने निष्कर्षमा पुगेका छौं, त्यसको जिम्मा अध्यक्ष कमरेडलाई जिम्मा दिइएको छ’ उनले भने ।

अखिल क्रान्तिकारीको अधिवेशनबाट अध्यक्षमा पञ्चा सिंह चयन भएकी थिइन् । तर उक्त कमिटीका उपाध्यक्ष रहेका पवन कार्कीले छुट्टै समानान्तर समिति गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?