+
+

रैब पर्व मनाउँदै थारु समुदाय

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १२:३२

५ भदौ, काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने आज ‘बड्का अट्वारी’को रुपमा यो पर्व मनाउँदै छन् ।

हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । थारु भाषामा आइतबारलाई रैब भनिन्छ ।

यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता रहिआएको छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् ।

यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाउ, पोखरी वा खोलामा स्नान गरी प्रकृति र कूल देवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।

यसैगरी धार्मिक मान्यता अनुसार बाल–बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली–नालीमा रोग–व्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाउने चलन रहँदै आएको छ ।

यस्तै पश्चिमका थारुहरुले यो पर्वलाई ‘बड्का अटवारी’ भनेर मनाउने गर्छन् । उनीहरु यो पर्व कृष्णा जन्माष्टमीपछि मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?