+
+

मोरङमा मिटर ब्याजीविरुद्ध ३७ उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १३:४१

६ भदौं‌, विराटनगर । मिटरब्याजीका कारण ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ३७ वटा उजुरी परेको छ ।

सरकारले मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेपछि मोरङमा ३७ जनाले उजुरी गरेका हुन् । मिटरब्याजीको गिरोहविरुद्ध कारबाही गर्न सरकारले कार्यदलले बनाएको छ ।

गृहमन्त्रालयले सार्वजनिक सूचना निकालेपछि मिटरब्याजीबाट ठगिएको ३७ वटा उजुरी परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

जिल्ला परेका उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी पठाइएको उनले बताए । मोरङ प्रशासनले पनि मिटरब्याजीमाथि छानबिन गरिरहेको छ ।

जिल्लामा परेका उजुरीमध्ये केही प्रमाणसहित छन् । केही भने ठाडो निवेदन मात्रै छन् ।

ऋण लिएको पैसा ब्याजसहित तिरिसक्दा पनि जग्गा तथा सम्पत्ति फिर्ता नगरेको उजुरीसमेत परेको दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?