+
+

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल बन्दै(डिजाइनसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १५:२९
भरतपुर विमानस्थलको टर्मिनल भवनको डिजाइन

९ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तराईका तीन विमानस्थलमा नयाँ टर्मिनल बनाउन ठेक्का आह्वान गरेको छ । प्राधिकरणले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यी विमानस्थलमा टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको हो । सोही प्रयोजनका लागि ठेक्का आह्वान गरेको हो । ती विमानस्थलमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन छन् । भवन जीर्ण बनेका तथा पछिल्लो समय जहाज समेत बढ्दा भीडभाड बढी हुने गरेको छ । पछिल्लो समय तराईमा हवाई यात्रुको चाप समेत बढेको छ ।

विराटनगर विमानस्थलको टर्मिनल भवनको डिजाइन

प्रवक्ता निरौलाका अनुसार विमानस्थल साँघुरो भएकाले व्यावसायिक गतिविधिसमेत हुने गरी ‘डिजाइन’ गरेर नयाँ टर्मिनल भवन बनाउन लागिएको छ । बहुवर्षीय कार्यक्रमअन्तर्गत ती विमानस्थलका टर्मिनल भवन बनाइनेछ । यसमा सरकारको सेयर लगानी रहने छ । टर्मिनल भवन बनाउन करिब रु ९ अर्ब लगानी हुने प्राधिकरणको अनुमान छ । अब बन्ने भवन अत्याधुनिक ‘कन्भेयर बेल्ट’सहितका हुनेछन् ।

नेपालगञ्ज विमानस्थलको टर्मिनल भवनको डिजाइन

प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरु हुने र तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । साथै, निर्माणाधीन जुम्ला, तुम्लिङटार र साँफेबगरको काम सकिन लागेको समेत उनले जानकारी दिए । जुम्लाको टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?