+
+
Shares

महानगर भन्छ : राहदानी विभागको नयाँ भवनको नक्सा पास भेटिएन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १९:०५

१० भदौ, काठमाडौं ।  राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको काठमाडौं महानगरपालिकाले बताएको छ । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो ।

कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभागका एक अधिकारीले जानकारी दिए । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्माण गरेको थियो ।

नक्सा पास नभई भवन बनाए पनि विभागले भूमिगत पार्किङ राखेको थियो । तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको छ ।

बेसमेन्ट खाली गर्न अहिले महानगरको टोली विभागमा पुगेको छ । र, बेसमेन्ट खाली गराइरहेको छ ।

‘यसअघि पनि मेयरसा’बले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आउनु भएको थियो,’ महानगरका एक अधिकारीले भने,’तर विभागले सेवाग्राहीको भिडको कारण देखाएर मानेको थिएन ।’ विभागले बेसमेन्ट वेटिङ रुमका रुपमा प्रयोग नगरे सेवा नै दिन नसकिने दावी गर्दै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार कसैले पनि गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन ।

‘हाम्रो रेकर्डमा विभागको भवनको नक्सा पास भएको रेकर्ड भेटिएन,’ महानगरका एक अधिकारीले भने,’उहाहरुसँग नक्सा पास भएको प्रमाण भए पेश गर्न भन्छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?