+
+
Shares

राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १६:०६

१५ असोज, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको छ । कर्मचारीहरुले भने ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका छन् ।

विभागका एक उच्च अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘इन्टरनेटमा समस्या देखिएको छ । त्यसलाई बनाउन सुबिसुका कर्मचारीहरु आउनु भएको छ ।’

उनका अनुसार इन्टरनेटमा समस्या आउँदा वायोमेट्रिक लगायतका काम प्रभावित भएको छ । यद्यपि अफलाइनमा हुने अन्य कामहरु भने भइरहेको ती कर्मचारीले बताए ।

राहदानी विभागले भने यो समचार तयार पार्दासम्म औपचारिक रुपमा केही जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?