+
+

मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्समा सूर्या लाइफबाट पन्थी सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १५:०९

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा २८-३१ अगस्टमा (एमडीआरटी) मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स-२०२२ आयोजना हुने भएको छ । उक्त कन्फ्रेन्समा सूर्या लाइफ इन्स्योरेन्सबाट रुपन्देहीका चन्द्रकान्त पन्थी सहभागी हुने भएका छन् ।

पन्थी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरटी बन्न सफल भएका हुन् । उक्त कन्फ्रेन्समा विश्वका एमडीआरटी मापदण्ड अनुरुप टार्गेट पूरा गर्ने विभिन्न कम्पनीका अभिकर्ताको संयुक्त भेला हुनेछ ।

कन्फ्रेन्समा विश्वभरका करिब ७० देशका ५ सयभन्दा बढी कम्पनीका प्रतिनिधि सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?