+
+

नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु, तोकियो ४ मापदण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ११ गते १०:५३
फाइल तस्वीर ।

११ भदौ, काठमाडौं । नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु भएको छ ।

आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले चार मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो ।

क्यानका अनुसार तीन क्याटेगोरीमा खेलाडी दर्ता हुनेछन् । खेलाडी दर्ताको समय यही भदौ १५ गतेसम्म तोकिएको छ ।

नेपाल टी-२० डट कमको प्लेयर रजिष्टेसनमा गएर फर्म भर्न सकिनेछ ।

यस्ता छन् मापदण्ड

– खेलाडीले सन् २०१८ देखि नियमितरुपमा राष्ट्रिय खेलकुद, पीएम कप तथा मेयर कप खेलेको हुनुपर्ने

– सन् २०१८ देखि नेपालको यू-१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेको हुनुपर्ने

– सन् २०१८ देखि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेका खेलाडीलाई प्राथमिकता दिइने

– सन् २०१८ देखि फ्रेन्चाइज लिग खेलेका खेलाडीलाई प्राथमिकता दिइने

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?