+
+

द भ्वाइस अफ नेपालको चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १२:०७

काठमाडौं । प्रतीक्षित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट कार्यक्रम प्रसारण हुने जनाइएको छ ।

डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका अन्तिम ६४ प्रतिस्पर्धी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । यसपटक कोचमा राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारी हुनेछन् ।

निर्देशक लक्ष्मण पौडेलका अनुसार चार जना कोचले प्रत्येक टिममा १६ जना प्रतिस्पर्धी सहभागी हुने गरी ड्रिम टिम गठन गर्नेछन् । ‘खासमा यो कम्पिटिसन प्रतिस्पर्धीको होइन, कोचबीचको हो,’ पौडेलले अनलाइनखबरसँग भने ।

चौथो सिजनमा कुल ३१ एपिसोड हुनेछन्, जुन १६ साता चल्नेछ । यसपटक प्रतिस्पर्धाबाट बाहिरिएका प्रतिस्पर्धीलाई कोचले कुर्सी घुमाएर हेर्न पाउनेछैनन् । चौथो सिजनमा ‘नो चियर अन’ शैली अपनाउने निर्देशक पौडेलले जानकारी दिए ।

यसपटक टाइटल स्पोन्सरको रुपमा बजाज पल्सर मोटरसाइकल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?