+
+

जहाजका पाटपुर्जा आयातमा ६ अर्ब बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १७:३२

१२ भदौ, काठमाडौं । नेपालमा जहाजका पाटपुर्जा आयात गर्न एक वर्षको अवधिमा ६ अर्ब रुपैयाँ बराबर रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले एक वर्षको तथ्यांकमा आधारित रहेको सार्वजनिक गरेको विवरण अनुसार जहाजका पाटपुर्जाको आयातमा मात्र आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब २ करोड ८५ लाख रुपैयाँ बराबरको जहाजको पाटपुर्जा आयात भएको छ ।

यस आवमा गत आवको तुलनामा पाटपुर्जा आयात ६०.४ प्रतिशत वृद्धि भएको छ । आव २०७७/७८ मा मात्र ३ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ बराबरको पाटपुर्जा आयात भएको थियो । यसो हुनुमा कोरोना (कोभिड-१९) भाइरसको महामारी र लकडाउन मुख्य कारण हो ।

लकडाउनको समयमा हवाई यातायात समेत लामो समय प्रभावित बनेको थियो । तथ्यांक अनुसार आव २०७६/७७ मा २१ अर्ब ३६ करोड ९० लाख रुपैयाँ बराबरको पाटपुर्जा आयात भएको थियो ।

नेपालमा करिब तीन दर्जन हेलिकप्टर र ५ दर्जन हाराहारी हवाईजहाज रहेका छन् । यी जहाजले निश्चित अवधिमा आफ्ना पाटपुर्जा नियमित परिवर्तन गर्नुपर्छ ।

कुन आवमा कति रुपैयाँका पाटपुर्जा आयात ?

  • आव २०७८/७८ : ६ अर्ब २ करोड
  • आव २०७७/७८ : ३ अर्ब ७५ करोड
  • आव २०७६/७६ : २१ अर्ब ३६ करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?