+
+

नेवानिले तिर्‍यो जहाज ऋणको चैत किस्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १८:०६
फाइल तस्वीर

३ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्न लिएको ऋणको चैतको किस्ता भुक्तानी गरेको छ ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई नेवानिले चैत महिनाको किस्ता भुक्तानी गरेको हो । नेवानिले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्न ती दुई कोषबाट ऋण लिएको थियो ।

नेवानिका अनुसार दुई न्यारोबडी जहाजको चैत महिना (२०८०) को किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी (३० चैत २०८०) कुल ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ किस्ता भुक्तानी गरिएको हो ।

निगमले २०८० चैतसम्म ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ ।

कोरोना महामारीले निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो अवधिको ब्याज, हर्जना र पेनल छुटका साथै किस्ता संख्या वृद्धि गरी ऋण दायित्व भुक्तनीमा सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध पत्र समेत पठाइएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?