
७ जेठ, काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।
उनका श्रीमान् जंग बहादुर चौधरीले उपचारका लागि सिमरा विमानस्थलबाट जहाजमा थप उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार स्वास्थ्यमा समस्या देखिएकी राजकुमारीक जहाजमै बेहोस भएकी थिइन् ।
उपचारका लागि केएमसी अस्पताल पुर्याउँदा चिकित्सकले बाटोर्म मृत भएको घोषणा गरेको एसपी बोहराले बताए ।
उनको शव थप अनुसन्धानका लागि प्रहरीको टोलीले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4