+
+

नारायणी पुलबाट हाम फालेर युवक वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १९:४९

१२ भदौ, चितवन । चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५.३० बजे नदीमा हाम फालेका हुन् ।

उनी हामफालेको थाहा पाउनेवित्तिकै प्रहरीले खोजी सुरु गरेको थियो । तर उनको अवस्था पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एक साता अघि पनि नारायणी पुलबाट एक युवती नदीमा हामफालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?