+
+

पशुपति दर्शन गर्ने लाइनमा छैन पहिले जस्तो भिड, २४ सय प्रहरी परिचालन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १२:४०
पशुपतिनाथ मन्दिर परिसरभित्र दर्शनार्थी लाइन लाग्ने ठाउँ मंगलबार खाली देखिएको छ । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

१४ भदौ, काठमाडौं । हरितालिका तीजका व्रत बस्ने दिन मंगलबार पशुपतिनाथ मन्दिरमा विगत जस्तो लाइनमा भिड छैन । विगतमा पशुपति दर्शनका लागि भक्तजनले घन्टौं लाइन बस्नुपर्थ्यो ।

तर यसपालि विगतको तुलनामा भिड कम देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली भन्छन्, ‘विगतमा पौने ७ बजेतिर गौशाला, बोलबल, पिंगलास्थान तिनैतिर लामो लाइन हुन्थ्यो, अहिले त्यस्तो देखिएन ।’

गौशालाबाट चाबहिल जाने सडकसम्म भिडभाड देखिन्थ्यो, तर यसपालि त्यो पनि नदेखिएको उनले बताए । प्रहरीले चाहिँ विगतको संख्यालाई आधार बनाएर सुरक्षा व्यवस्था कडा पारेको थियो ।

एसपी मैनालीका अनुसार पशुपतिमा सुरक्षा व्यवस्थापनका लागि एक हजार महिला र १४ सय पुरुष प्रहरी खटाइएको थियो । भिडभाडमा चोरी, लुटपाट, झगडा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।

‘कडन, पिकेट, रिजर्भ, स्ट्राइकिङ, डिजास्टर रेस्क्यू टिम, मेडिकल सहयोगका लागि एम्बुलेन्स लगायतका टोली परिचालन गरेका छौं’ मैनाली भन्छन्, ‘कुन २४ सय प्रहरी परिचालन गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?