+
+

सामसङको ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १४:३३

काठमाडौं । सामसङले ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा ल्याएको छ । सामसङ इकोसिस्टममा जोडिएका नयाँ संस्करणहरुमा नयाँ ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो रहेको कम्पनीले जनाएको छ । दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको जनाएको छ ।

सामसङको ताररहित स्टेरियो ग्यालेक्सी बड्स २ प्रोले गहन श्रवणको अनुभव प्रदान गरेर प्रयागकर्तालाई आफ्नो काममा केन्द्रित हुन र सम्पर्क बनाइराख्न मद्दत गर्ने जनाएको छ ।

बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउनले चारैतिर एकदम स्पष्ट स्वरमा उच्च गुणस्तरमा गुञ्जिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त उपकरणमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले जस्तै भीडमा बसेर पनि युट्युबमा कन्सर्ट सुन्नमा कुनै व्यवधान आउन नदिने जनाएको छ । यसको एयर भेन्ट्स र विण्ड सिल्डमा गरिएको सामान्य सुधार र आकार सानो बनाइएकोले ग्यालेक्सी बड्स २ प्रोले सर्वोत्कृष्ट ध्वनिको गुणस्तर कायमै राखेर पर्याप्त हावा बहने ठाउँ दिने छ । यसको बजार मूल्य २७ हजार ९९९ रुपैयाँ रहेको छ ।

यस्तै ग्यालेक्सी वाच ५ र वाच ५ प्रो ग्राहकहरुलाई उपयुक्त हुने गरी सामसङले विद्यमान उपकरणहरुको क्षमतालाई विस्तार गर्दै प्रस्तुत गरेको अर्को उदाहरण भएको जनाएको छ । यी डिभाइसका पहिलेको संस्करणलाई सुधार गरेर अ ब्याट्रीको जीवन, टिकाउपना, लगायत उपकरणको स्तरोन्नती गरेको छ ।

ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले रहेको र ग्राहकहरुलाई बुझन् सक्ने बनाइएको जनाएको बढाइएको सतह क्षेत्र र ग्राहकहरुको नाडीसँग धेरै सिधा सम्पर्क हुनाले अझ बढी सही रुपमा नाप्न सक्ने जनाएको छ । प्रयोगकर्ताहरुको स्वास्थ्य एवं कुशलताको बारेमा सुक्ष्म रुपले बुझन सबै सेन्सरहरुले एकसाथ काम गर्ने कम्पनीले जनाएको छ । यसमा ग्यालेक्सी वाच जिपिएक्स जडित भएकोले वाच ५ प्रोले चालहरुको पनि रेकर्ड राखेर त्यस बारेमा जानकारी दिनेछ ।

वाच ५ र वाच ५ प्रोमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएको र त्यसले प्रयोगकर्ताहरुलाई वर्कआउटहरु वा प्रशिक्षणमार्फत आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सहयोग गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्यालेक्सी वाच ५ प्रोले आफ्ना ग्राहकहरुलाई हाइकिङ, साइक्लिङ जस्ता बाहिरी अनुभवहरु संगाल्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?