+
+

नयाँ वर्षमा सामसङको अफर : टीभीमा ३८, फ्रिज र वासिङ मेसिनमा ३० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १२:५४

काठमाडौं । सामसङले नयाँ वर्ष-२०८१ को अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ नामक योजना सार्वजनिक गरेको छ ।

यसअफर अन्तर्गत ग्राहकले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्म र फ्रिजर तथा वासिङ मेसिन खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वासिङ मेसिन खरिद गर्न सक्नेछन् ।

नयाँ वर्षको अफरमा ग्राहकलाई टिभीको नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल यूएचडी, फ्रेम र क्यूएलईडी लगायतका टिभी खरिद गर्दा ३८ प्रतिशतसम्म छुट पाउने कम्पनीले बताएको छ ।

नागरिकता पेस गरी ग्राहकले ५५ इन्च वा त्योभन्दा ठूलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्नेछन् । इनस्टा फाइनान्स सेवामार्फत ईएमआई १८ महिनामा तिर्ने विकल्प पाउने छन् भने ४३ इन्च वा सोभन्दा सानो टिभी खरिद गर्दा ईएमआई तिर्न १२ महिना समय पाउने छन् ।

ग्राहकले आफ्ना नयाँ खरिदबारे पनि पूर्ण रुपमा ढुक्क हुन सक्छन्, किनभने टिभी खरिदमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको कम्पनीले जनाएको छ ।

कुनै पनि सामसङ टिभीको खरिद सँगै ग्राहकहरूले साउन्डबार खरिद गर्दा सो साउन्डबारमा आकर्षक छुट पनि पाउने छन् ।

सामसङको ७५ इन्चभन्दा ठूलो क्रिस्टल् यूएचडी टिभी खरिद गर्दा ग्राहकले साउन्डबार सित्तैमा पाउने छन् भने एयू ७७०० मोडलका ५५ इन्च र ६५ इन्च यूएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए१५ (८/१२८) मोबाइल फोनमा ५ हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

नयाँ वासिङ मेसिन वा फ्रिज अपग्रेड गर्ने योजनामा रहेका ग्राहकका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वासिङ मेसिनका अद्भूत रेन्ज र साइड–बाइ–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भूत रेन्जका फ्रिजहरुमा क्यासब्याक पाउने र एक्सचेन्ज सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फ्रिजमा रहेको डीआईटी कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआईटी मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गर्ने छ ।

सामसङको कुनै पनि टिभी र घरेलु उपकरणमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकले उत्कृष्ट मूल्यांकन प्राप्त गर्न सक्ने छन् । ग्राहकले यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टोर डट कममार्फत अनलाइनमा लिन सक्ने छन् । यसका साथै ग्राहकले अर्कोस्टोर डट कममार्फत ५५ इन्च र ६५ इन्च एयू ७७०० क्रिस्टल टिभी अनलाइन एक्सचेन्ज गर्दा ५ हजार ५०० रुपैयाँसम्मको टप–अप प्राप्त गर्ने योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

२ जेठसम्म हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत देशभरि यो अफर लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?