+
+
Shares

सामसङले नेपालमा सार्वजनिक गर्‍यो ग्यालेक्सी ए ५७ र ए ३७

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङ नेपालले ग्यालेक्सी ए ५७ र ग्यालेक्सी ए ३७ फाइजी स्मार्टफोन सार्वजनिक गरेको छ।
  • कम्पनीले १२ महिनाको किस्ताबन्दी योजना २४ महिनासम्म विस्तार गरेको छ।
  • फोनहरू ८/१२८ जीबीदेखि १२/२५६ जीबीसम्म विभिन्न भेरियन्टमा उपलब्ध छन् र ईएमआई सुविधा उपलब्ध छ।

६ वैशाख, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए ५७ र ग्यालेक्सी ए ३७ फाइजी स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्सी ए सिरिजलाई थप विस्तार गर्दै कम्पनीले उन्नत क्यामेरा तथा फिचरसहित फोन उपलब्ध गराइएको जनाएको छ ।

साथै कम्पनीले अब १२ महिनाको ईएमई (किस्ताबन्दी) योजनालाई अपग्रेड गर्दै २४ महिनासम्म बनाएको छ ।

यी फोन ईएमआई सुविधा लिएर ग्राहकले खरिद गर्न सक्ने कम्पनीको भनाइ छ । फाइनान्सियल सुविधा हुलास फिन सर्भ हायर पर्चेजले उपलब्ध गराउनेछ । यसका लागि नागरिकता मात्रै भए पुग्ने र प्रक्रिया झन्झटमुक्त रहेको कम्पनीको भनाइ छ ।

ए ५७ फोन दुई भेरियन्टमा उपलब्ध रहेको छ । जसमा १२/ २५६ जीबीको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ८/२५६ जीबीको अर्को भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएकोछ ।

ए ३७ फोन तीन भेरियन्टमा उपलब्ध छ । जसमा ८/२५६ जीबीको मूल्य ७२ हजार ९९९ रुपैयाँ, १२/२५६ जीबीको ७९ हजार ९९९ रुपैयाँ र ८/१२८ जीबीको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी सबै फोन किस्ताबन्दीमा पनि किन्न पाइने कम्पनीले स्पष्ट पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?