+
+

१ असोजदेखि दशैं सहुलियत पसल, कुन वस्तुमा कति पाइन्छ छुट ?

सरकारले १ असोजदेखि दशैं लगायतका ठूला चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १७:४२

१७ भदौ, काठमाडौं । सरकारले आगामी १ असोजदेखि दशैं लगायतका ठूला चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थासहितको सहभागितामा छठ पर्व (४५ दिन) सम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनााएको छ ।

सहुलियत पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आटा, नुन, पनिर, घ्यु, जिउँदा खसी बोका र च्यांग्रा लगायतका वस्तु बिक्रीमा हुनेछन् ।

‘बिहीबार मन्त्रालयमा बसेको बैठकले ४५ दिन सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको छ,’ मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले भनिन्, ‘पसलमा २ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट पाइने छ ।’

मन्त्रालय मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्था सहुलियत पसलमा मिलेर काम गर्ने पनि उनले बताइन् ।

काठमाडौं उपत्यकामा सञ्चालन हुने सुपथ मूल्य पसलमा चामल, दाल, आँटा, मैदा, चिउर र खाने तेलमा प्रतिलके किलो तथा प्रतिलिटरमा ७ रुपैयाँ छुट पाइने छ । यस्तै कर्णाली सीमी तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, जिउँदो खसी,बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ । नुन किलोमा २ रुपैयाँ, घिउ किलोमा ५० रुपैयाँ, पनिर तथा चिजमा प्रतिकिलो २० रुपैयाँ छुट पाइने छ । यस्तै घटस्थापनादेखि तिहारसम्म दही प्रतिलिटरमा १० रुपैयाँ छुट पाइने पनि मन्त्रलयले जनाएको छ ।

यो वर्ष साविककै जस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सहुलियत पसल सञ्चालन गर्ने छ ।

उपत्यका बाहिरका ४० जिल्लाका ३९ स्थानमा पनि खाद्यको सुपथ पसल हुनेछ । साल्ट ट्रेडिङले पनि संयुक्त र बेग्ला बेग्लै गरी देशभर ३८ वटा स्थानमा सहुलियत पसल सञचालन गर्ने तयारी गर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?