+
+

ललितपुर ३ बाट कांग्रेसका जितजंगसहित ४ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते ६:२७

१८ भदौ, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतसहित चार जना सिफारिसमा परेका छन् ।

क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचनका लागि पहिलो नम्बरमा बस्नेतलाई राखेर मदन बहादुर अमात्य, धना खतिवडा र विजया केसी श्रेष्ठको नाम सिफारिस गरेको हो । बस्नेत, अमात्य र खतिवडा कांग्रेस केन्द्रीय सदस्य हुन् । केसी प्रदेशसभा सदस्य छिन् ।

ललितपुर-३ मा कांग्रेसका केन्द्रीय सदस्यद्वय बस्नेत र अमात्यबीच प्रतिस्पर्धा छ । उनीहरु दुबै संस्थापन पक्षका भए पनि एकअर्कालाई स्वीकार्ने पक्षमा छैनन् ।

यसपटक सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा ललितपुर ३ कांग्रेसको भागमा परेमा टिकट पाउनका लागि बस्नेत र अमात्यबीच नै मुख्य प्रतिस्पर्धा हुने कांग्रेस नेताहरु बताउँछन् ।

तरुण दलका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले यसपटकको निर्वाचनमा अरुका लागि नछोड्ने बताए । ‘ललितपुर-३ मा यसपटक उठ्ने म नै हो, अरुलाई छोडि्दनँ,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘मैले निर्वाचनको तयारी सुरु गरिसकेको छु ।’ कांग्रेस स्रोतका अनुसार बस्नेतलाई ललितपुर-३ मा निर्वाचनको तयारी गर्न पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् ।

अघिल्लो निर्वाचनमा ललितपुर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल विजयी भएकी थिइन् । कांग्रेसका मदन अमात्य भुसालसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?