+
+
Shares

लोकतान्त्रिक समाजवाद र बीपीवाद छाडेर पार्टी एकता हुन्न : जितजंग बस्नेत

‘हामी लास र दास पनि होइन। हामी गगन थापा जस्तो लास र गगन थापाजस्तो दास पनि होइनौं,’ बस्नेतले भने, ‘हामी पार्टी एकता गर्न चाहन्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १६:२१

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले आफूहरू लास र दास नभएको भन्दै आक्रोश पोखेका छन् । शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले सभापति गगन थापालाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

‘हामी लास र दास पनि होइन। हामी गगन थापा जस्तो लास र गगन थापाजस्तो दास पनि होइनौं,’ बस्नेतले भने, ‘हामी पार्टी एकता गर्न चाहन्छौं ।’

पार्टी एकता गर्दा लोकतान्त्रिक समाजवाद छाड्न नसकिने पनि उनले बताए । उनले भने, ‘पार्टी एकता विधि र विधानमा हुन्छ । लोकतान्त्रिक समाजवाद छाडेर पार्टी एकता हुनसक्दैन ।’

राष्ट्रियताका विषयमा कुरा नगरेर लोकतन्त्रमा कुरा नगरेर पार्टी एकता हुन नसक्ने उनले बताए ।

‘मूल कुरा बीपीवादलाई छाडेर पार्टी एकता हुनसक्दैन,’ उनले भने,‘यदि छाडेर जाने हो भने हामीले अर्कै पार्टी बनाउनुपर्ने हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?