+
+
Shares

शिर झुकाएर एकता हुँदैन, राष्ट्रिय भेला गरौं : जितजंग बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले आत्मसम्मान गुमाएर पार्टी एकता हुन नसक्ने बताएका छन् ।
  • उनले एकता सम्भव नभएमा राष्ट्रिय भेला गरेर अघि बढ्नुपर्ने र आवश्यक परे सडक आन्दोलनको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् ।
  • बस्नेतले बाघले न्यायालय र कर्मचारीतन्त्र खाइसकेको भन्दै नेताहरूलाई खुट्टा नकमाउन अनुरोध गरेका छन् ।

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले आत्मसम्मान गुमाएर पार्टी एकता हुन नसक्ने बताएका छन् ।

बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा पार्टी संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले एकता हुन नसके राष्ट्रिय भेला गर्नुपर्ने बताए ।

‘एकता, एकता, एकता । एकता के शिर झुकाएर गर्ने हो ? आत्मसम्मान मारेर गर्ने हो ? एकता त सम्मानका लागि गर्ने हो नि त । लोकतन्त्र बचाउने हो भने एकता गर्नैपर्छ,’ बस्नेतले भने, ‘एकता गर्न सक्दैन भने हामी घरमा सुत्ने हो त ? हामी त राजनीति गर्ने प्राणी हो । त्यसका लागि आगामी दिनमा राष्ट्रिय भेला गरेर अघि बढ्नुपर्छ ।’

साथै, उनले नेताहरूलाई खुट्टा नकमाउन अनुरोध समेत गरे ।

‘म खुट्टा नकमाउन अनुरोध गर्छु । एकता गरौं, भएन भने अघि बढौं,’ उनले भनेका छन् ।

उनले सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले भनेको भनाइ उद्धृत गर्दै आफूहरू बाघसँग नडराउने प्रष्ट पारे ।

‘सपनाप्रधान मल्लजीले एउटा शब्द भन्नुभएछ । बाघले खाने बाघले सबैलाई खान्छ भनेर । पहिला हामीलाई खाइसकेको थियो, तपाईंलाई थाहा भएन छ । ती बाघले सबैलाई खान्छ । आज बाघले न्यायालय खाइसकेको छ,’ बस्नेतले भने, ‘कर्मचारीतन्त्र खाइसकेको छ । आज सम्पूर्ण ठाउँमा बाघले खाइसकेको छ । त्यो बाघसँग लड्नका लागि बीपीको सिद्धान्त र विचारलाई लिएर अघि बढ्दै भोलिको दिनमा सडक आन्दोलन गर्नुपर्छ भने पनि त्यसको नेतृत्व हामीले लिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?