+
+

पाइलटको ध्यान भंग गर्न यात्रुले नग्न तस्वीर पठाएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १७:५१

१९ भदौ, काठमाडौं । आइफोनमा AirDrop नामक एक फिचर हुन्छ । यसको सहयोगबाट आइफोन प्रयोगकर्ताले वाइफाइ तथा मोबाइल डाटा प्रयोग नगरीकनै अर्को एप्पल प्रयोगकर्तालाई डिजिटल फाइल पठाउन सक्दछन् । एक हवाई उडानका क्रममा सोही फिचरको यतिविघ्न दुरुपयोग भएको छ कि कल्पना पनि गर्न सकिँदैन ।

आइफोनको एयरड्रप फिचरको प्रयोग गरी जहाज उडाइरहेका पाइलटलाई सोही जहाजमा चढेका यात्रुले नग्न तस्वीरहरु पठाए । केही उच्छृंखल यात्रुहरुको यस्तो हर्कतले पाइलट रिसले आगो भए र फ्लाइट नै रद्द गरिदिने चेतावनी दिनुपर्यो । साथै उनले त्यस्ता यात्रुहरुलाई ओराल्ने चेतावनी पनि दिए ।

न्युयोर्क पोष्टमा प्रकाशित समाचार अनुसार साउथवेष्ट एयरलाइन्सको उडानमा यो घटना भएको हो । मेक्सिकोका लागि उडान भरहेको उक्त जहाजमा यात्रारत केही यात्रुहरुले पाइलटको आइफोनमा अश्लील तस्वीरहरु पठाउन सुरु गरे ।

आफ्नो आइफोनमा त्यस्ता तस्वीर आउन थालेपछि पाइलटले इन्टरकमबाट त्यस्तो नगर्न चेतावनी दिए । त्यस्ता तस्वीर पठाउन बन्द नगरेमा आफुले मेक्सिको जाने फ्लाइट नै रोकिदिने र बीचमा ओराल्ने चेतावनी दिए ।

उक्त घटनाको भिडियो सोही जहाजका एकजना यात्रुले आफ्नो मोबाइलमा कैद गरे । सो भिडियो उनले सोसल मिडियामा पोष्ट गरेसँगै भाइरल बनेको छ ।

भिडियोमा पाइलटले नग्न तस्वीर नपठाउन चेतावनी दिएको सुनिन्छ । नग्न फोटो पठाउने काम जारी राखेमा सबैजना विमानबाट ओर्लिनुपर्ने र आफुले सुरक्षाकर्मी बोलाउन बाध्य हुने पाइलटले चेतावनी दिएका छन् ।

उक्त घटनाको साउथवेस्ट एयरलाइन्सले पनि पुष्टि गरेको छ र यात्रु तथा कर्मचारीको सुरक्षा र हीत आफुहरुको सर्वोच्च प्राथमिकता रहेको बताएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?