+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सुरक्षागार्डलाई रिहा गरिदिन मैले नै गृहमन्त्रालयलाई भनेको हुँ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १७:४९

२० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको सचिवालयले थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई थुनामुक्त गर्न गृहमन्त्रालयलाई आग्रह गरेको बताएका छन् ।

मन्त्रीलाई दुर्व्यवहार गरेकोले गुरुङ पक्राउ गरेको भन्दै श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले विज्ञप्ति निकालेर भनेका छन्, ‘‍…निज गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकोले निजलाई नियन्त्रणमुक्त गरिदिन माननीय मन्त्रीज्यूले गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ ।’

विज्ञप्तिमा उनले क्यानाडामा हुने कार्यक्रममा सहभागी हुन जानका लागि भिसाका लागि बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेका बेला मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले दुर्व्यवहार गरेको दाबी गरेका छन् ।

सुरक्षागार्ड र उनको कम्पनीले भने लाइनमा बस्नुस् भन्दा मन्त्रीले दुर्व्यवहारको झूटो आरोपमा थुनाएको आरोप लगाएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले भने यसअघि नै गुरूङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न  काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई  निर्देशन दिइसकेका छन् ।

श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्युरिटीका सुरक्षाकर्मी गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?