+
+

म्यानमारमा घिमिरे र मलेसियामा पौडेल राजदूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १९:३५

२३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारको र डिल्लीराज पौडेललाई मलेसियाका लागि राजदूत नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।

यस्तै राष्ट्रपतिले बेलायतका राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र अमेरिकाका राजदूत श्रीधर खत्रीलाई कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?