+
+

मैले र आरजुले भारतीयसँग सहमति गरेको भनेर चीनमा समेत भ्रम परेछ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १५:२३

२४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र कांग्रेस नेता आरजु देउवाले भारतमा सहमति गरेको भनी चीनसमेत भ्रममा परेको टिप्पणी गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले भारतमा समझदारी गरेको भन्नेबारे चिनियाँ अधिकारीहरुले चासो राखेको जानकारी पाएको बताए ।

‘मलाई अनौठो त्यतिबेला लाग्यो कि हाम्रो नेपाली राजदूत चीनमा जानुभएको, उहाँले मलाई यहाँ त निकै ठूलो प्रश्न उठ्यो, तपाईं र आरजु भारतीयसँग बसेर कति बुँदे सहमति गर्नुभयो रे भन्ने कुरा चीनले पनि बडो चासो राख्यो भन्दा मलाइ अनौठो लाग्यो’ उनले भने ।

उनले भारतमा आफूहरुले सहमति गरेको भन्नु झुटो र निराधार भएको बताए । ‘यति झूटो कुरा यति निराधार कुराको यति ठूलो प्रचार गरिनुबाट कहीं न कहीं प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू निकै सक्रिय छन् भन्नेबाहेक अरु केही होइन’ उनले भने ।

आफू र आफ्नो पार्टीलाई बदनाम गर्ने षड्यन्त्र भएको प्रचण्डले बताए । ‘त्यो बिलकुल निराधार, बिलकुल झूटो र नियोजित प्रचार गरियो । त्यो चाहिं हाम्रो पार्टीलाई र मलाई अनावश्यक बदनाम गर्ने षड्यन्त्रबाट प्रेरित कुरा हो । तयो कहिँ कतै होइन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?