+
+

पितृप्रति सम्मान

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ भदौ २६ गते १०:०१

२६ भदौ, काठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिधादान तथा पिण्डदान गर्ने परम्परा छ ।

सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यसलाई सोह्रश्राद्ध भन्ने गरिन्छ ।

आशौचका कारण आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म श्राद्ध गर्न नपाउनेले आश्विन शुक्ल पञ्चमीसम्म र त्यसमा पनि नहुनेले कार्तिक कृष्ण औंसी अर्थात् गाई तिहारे औंसीका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडादशैं र तिहार जस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।

सोह्रश्राद्ध सुरु भएसँगै पशुपति क्षेत्रमा पनि सर्वसाधारणहरु दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्ने गर्दछन् । आज बिहान पशुपति क्षेत्रमा श्राद्ध गर्नेहरुको चहलपहल देखियो ।

हेर्नुहोस् तस्वीरहरु–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?