+
+

स्वस्तिमाको फोटोसुट बन्यो ट्रोल : एन्जेलिना जोलीको लुक्सबाट प्रभावित भएकै हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १०:२३

काठमाडौं । आइतबार बेलुका सामाजिक सञ्जालमा अभिनेत्री स्वस्तिमा खड्काको ‘एक्सन अवतार’ फोटो पोस्ट भयो । दुवै हातमा बन्दुकसहित उनी लडाकु स्टाइलमा देखिएकी छन् ।

स्वस्तिमाको उक्त तस्वीर आकर्षक र पावरफुल पनि छ । कुन उद्देश्यले खिचाइन् भन्ने खुलेको पनि छैन । ‘बी अ लेडी : दे सेड’ क्याप्सनसहित उनले फोटो पोस्ट गरेकी छन् ।

तर फोटो सार्वजनिक भएसँगै स्वस्तिमा सामाजिक सञ्जालमा ट्रोलको पात्र बनिन् । एन्जेलिना जोली अभिनित हलिउडको चर्चित एक्सन फिल्म ‘टम्ब रेइडर’बाट प्रभावित भएर स्वस्तिामाले फोटो खिचाएको भन्दै उनी ट्रोल बनिरहेकी छन् ।

कतिपयले एन्जेलिनाले स्वस्तिमाको स्टाइल कपी गरेको भन्दै व्यंग्य समेत गरेका छन् । कतिपयले हलिउडकै अर्को फिल्म ‘रेसिडेन्ट एभिल : एक्सटिङ्सन’बाट फोटो प्रभावित भएको बताइरहेका छन् ।

सम्भवतः म्यागजिनका लागि स्वस्तिमाले फोटोसुट गराएको अनुमान छ । इन्स्टाग्राममा उनले पवन जोशी, रोशन निरौला र वसन्त बुढालाई फोटो क्रेडिट पनि दिएकी छन् । कपी वा प्रभावित के हो, यो कुरा त खिच्नले नै जानुन् । यद्यपि, स्वस्तिमा ट्रोलको पात्र चाहिं बनिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?