+
+

आर्यन र सुफियालाई लिएर इन्डो-नेपाली फिल्म ‘सायरा’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १४:५८

काठमाडौं । नेपाल र भारतको संयुक्त लगानीमा फिल्म ‘सायरा’ निर्माण हुने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । निर्माणमा भारतीय निर्माता पुष्कर झा र नेपाली कम्पनीहरु डीबीआर मिडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाले सहकार्य गर्नेछन् ।

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको प्रमुख भूमिका रहने फिल्मलाई विशाल देसाईले निर्देशन गर्नेछन् ।

‘सुरुमा नेपाली फिल्म बनाउने इच्छा थियो । सहकार्यलाई लिएर म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषामार्फत विश्वबजारमा लैजाने हाम्रो तयारी छ,’ निर्माता झाले भने । फिल्मलाई हलसँगै ओटीटी प्लेटफर्ममा समेत रिलिज गर्ने तयारी छ ।

निर्देशक देसाइले इन्डो-नेपाली प्रोजेक्टमा जोडिन पाउँदा आफू उत्साहित भएको बताए । ‘दुई छिमेकी मुलुकको मित्रता अझ प्रगाढ हुने किसिमले फिल्म बनाउनेछौं,’ उनले भने ।

प्रस्तुतकर्ता रघु परियारले भने, ‘नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा हामी ढुक्क छौं । हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौं ।’

मुख्य कलाकारबाहेक फिल्मका अन्य कास्ट र क्रुबारे पछि जानकारी दिइने भएको छ । आइडिया र टिमले गर्दा आफू फिल्ममा जोडिएको आर्यनले बताए । टीभी डान्सिङ रियालिटी शोमार्फत चिनिएकी कविताले यसै फिल्म मार्फत डेब्यु गर्दैछिन् ।

‘म राम्रो डेब्यु फिल्मको खोजी थिएँ । भने झैं टिम पाउँदा खुसी लागेको छ । भूमिका पनि सुहाउँदो छ,’ उनले भनिन् । फिल्मको छायांकन अस्ट्रेलिया र नेपालमा हुनेछ । दशैंपछि छायांक सुरु हुने फिल्ममा नेपाल र भारतका कलाकार संलग्न हुनेछन् ।

कार्यकारी निर्मातामा काजीमान आत्रेय तथा निर्मातामा पुष्कर झा छन् । प्रेमकथामा फिल्म बन्न लागेको हो ।

पत्रकार सम्मेलनमा अभिनेत्री सुफियाले भिडियो सन्देश दिएकी थिइन् । ‘मैले बलिउड र हलिउडको केही फिल्ममा काम गरेकी छु । यसपटक नेपाली-इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु,’ सुफियाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?