+
+

सुशन भारीको ह्याट्रिक विकेट, आर्मीको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १८:२३

२८ भदौ, काठमाडौं । त्रिभुवन आर्मी क्लबका स्पिनर सुशन भारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

भारीले ह्याट्रिकसहित ५ विकेट लिएपछि त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ९ विकेटले सहजै हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर ८५ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान कृष्ण कार्कीले अविजित २८ रन बनाए । सन्दीप रजाइलीले १५ रन जोडे ।

आर्मीका लागि भारीले ४ ओभरमा १३ रन मात्र खर्चेर ५ विकेट लिए । उनले १५औं ओभरको पहिलो बलमा बसिर अहमद, दोस्रो बलमा तुल बहादुर थापा र तेस्रो बलमा धन शाहीलाई लगातार आउट गरे ।

यस्तै आर्मीका हरि चौहानले २ तथा सोमपाल कामी र आकाश चन्दले समान १ विकेट लिए । लुम्बिनीले दिएको ८६ रनको लक्ष्य आर्मीले १०.३ ओभरमा १ विकेट गुमाएर पूरा गरे । आर्मीका हरि चौहानले २० बलमा ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३५ रन बनाए । हरिले सातौं ओभरको पहिलो बलमा आउट हुनुअघि अर्जुन सउदसँग ४७ रनको साझेदारी गरेका थिए ।

अर्जुनले अविजित २८ रन बनाए । २९ बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे । भिम शार्कीले १४ बल खेल्दै १ चौका र १ छक्कामा अविजित १८ रन जोडे ।

लुम्बनीका अनिल खरेलले १ विकेट लिए ।

प्रतियोगितामा दोस्रो जित हात पारेको आर्मी चार खेलबाट ६ अंक जोडेर समूह ए मा दोस्रो स्थानमा छ ।

यस्तै नेपाल पुलिसको पनि ६ अंक नै छ र राम्रो नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । समूहको अन्तिम खेलमा बुधबार आर्मी र पुलिस भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?