+
+

राष्ट्रियसभाले दुई विधेयक छलफलका लागि विधायन समितिमा पठायो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १३:२७

२९ भदौ, काठमाडौं । राष्ट्रियसभाले दुई वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सो समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

दुवै विधेयकलाई सो समितिमा दफावार छलफलका लागि पठाईयोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बैठकमा पेश गरेका थिए ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भाद्र ३० गते बिहीबार अपरान्ह २ बजेर ५९ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?