+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

माधव नेपाल भन्छन् : उठेर दुई कदम हिँड्न सक्दैन, तैपनि टिकट चाहिएको छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १६:५७

२९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट व्यवस्थापन गर्न गाह्रो भइरहेको बताएका छन् ।

उठेर दुई कदम पनि हिँडन नसक्नेहरुले पनि टिकट दाबी गरिरहेको उनले बताए । बुधबार पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘सबैलाई टिकट चाहिएको छ । उठेर दुई कदम हिँड्न सक्दैन, बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाऊँ भन्छन् ।’

को काबिल छन्, को काबिल छैन भन्ने छुट्टयाउने आधार पनि बनाउन नसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?