+
+

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते ८:४७

१ असोज, धनगढी । अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् ।

जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालकाअनुसार शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएकामध्ये २ जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता रहेका छन् ।

अहिले प्रहरी टोली घटनास्थलतर्फ हिंडेको छ तर सडकमार्ग अवरुद्ध भएकाले पुग्न समय लाग्नसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?