+
+

केपी ओलीको नेतृत्वमा एमालेको वाकथन (तस्वीरसहित)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ असोज १ गते १७:३१

१ असोज, काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ ।

संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो । वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन् ।

बिहानै ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो ।

यही असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौं उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।

वाकथनको बसन्तपुरमा अध्यक्ष ओलीले सम्बोधन गरी समापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?