+
+

कपनको आगलागीमा मृत्यु हुने तीनै जनाको सनाखत

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते ९:३२

६ असोज, काठमाडौं । कपनको एक घरमा भएको आगलागीमा मृत्यु भएका तीन जनाकै सनाखत भएको छ ।

राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी हुँदा मृत्यु हुनेमा संखुवासभा घर भई सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।

कार्यालयमा अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

घरको माथिल्लो तलामा रहेकाहरुको भने उद्धार गरिएको छ ।

दमकल र सुरक्षाकर्मीको सहयोगमा आगलानी नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?