+
+

इस्मा गाउँपालिकामा आगलागीबाट १९९ जना नागरिक प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते १२:४०

१२ वैशाख, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिमा आगलागीबाट १९९ जना नागरिक प्रभावित भएका छन् । गएको वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षति भएको थियो ।

आगोलागीबाट घर गोठ जलेर नष्ट हुँदा १९९ जना नागरिक प्भावित भएका हुन् । घर जल्दा खुल्ला आकाश मुनी बस्न बाध्य नागरिम अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।

आगोलागीबाट इस्मा गाउँपालिकाका विभिन्न वडाहरुमा क्षति पुगेको छ । गाउँपालिकाको वडानम्बर–२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा आगोलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् ।

त्यस्तै ४९ वटा गोठ जलेर नष्ट भएका छन् । आगोलागीमा एउटा ट्याक्टरमा आगोलागी हुँदा २ जन घाइते भएका छन् । ५६ वटा पशुचौपाय जलेर नष्ट भएका छन् ।
ग्नी पिडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढदै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नी पिडितहरुका लागि सामाग्री पुर्याउने काम गरेका छन् ।

यसै क्रममा रोटरी क्लव गुल्मी रेसुङ्गा, र कपडा तथा फेन्सी व्यवसायीले खाद्यन्न, कपडा, बाल्टी, जग लगायतका सामाग्रीहरु सहयोग गरेका छन् । त्यस्तै गुल्मी उद्योग वाणिज्य संघ, विभिन्न स्थानका सम्पर्क मञ्च लगायत अरु धेरै संघसंथाले सहयोग गरेका छन् ।

राहत वितरणका लागि एकद्धार प्रणालीबाट प्रदान गरिएको छ । विभिन्न संघ संस्थाले प्रदान गर्ने राहतलाई स्थानीय स्तरमा समिति बनाएर वितरण कार्यलाई प्रभावकारी बनाइएको छ । अहिले पहिलो चरणको राहत सहयोगका काम सम्पन्न भएका छन् । जस अनुसार प्रभावित नागरिकलाई खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामग्रीहरु सहयोग प्राप्त भएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

अब सामाग्रीहरुको सहयोग भन्दा पनि आवास निर्माण गर्न नगद रकम सहयोग गर्न सबै पालिकाले आग्रह गरेको छ । वर्खा लाग्ने समय ढिप्की थालेकाले वर्खा अगाबै वस्ती निर्माण गर्नका लागि नगद रकम आवश्यक पर्ने भएकाले अबको चरणमा नगद रकम सहयोग गरिदिन अध्यक्ष खड्काले आग्रह गरे ।

गाउँपालिकाले राहत र उद्धारको काम तीव्र रुपमा अगाडी बढाएको छ । आगोलागी प्रभावित क्षेत्रमा रहेका विद्यार्थीहरुको कपडा सिलाउन पालिकाले कपडा सहित गाउँमै सिलाइ दिने व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?