+
+

गुल्मीमा एक महिनामै आगलागीबाट १६६ घरगोठ जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १३:१३

२३ वैशाख, गुल्मी । गुल्मीमा वैशाखयता आगलागीबाट १ सय ६६ वटा घर गोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा ६६ वटा घर र १०० वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गर्मी र सुख्खा मौसम सुरु भएसँगै दैनिकजसो आगलागीका घटना बढदै गएका हुन् । ्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आगलागीबाट १ सयभन्दा बढी पशुचौपाया जलेर नष्ट भएको जानकारी दिए ।

आगलागीका कारण जिल्लामा सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये मदाने, मुसिकोट, धुर्कोट र रुरुक्षेत्रमा बढी क्षति भएको छ । जिल्लामा विभिन्न सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षति भएको छ ।

आगलागीबाट घरविहीन बनेका नागरिकलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले विपद व्यवस्थापन समितिबाट प्रतिघर २० हजार रुपैयाँ प्रदान गरेको छ । आगलागी पीडित परिवारको आवास निर्माण प्रक्रियाअगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रभावित नागरिकको घर निर्माण छिटो सक्ने गरी काम अगाडी बढाइएको प्रशासनले जनाएको छ । पछिल्लो समय आगो लगाउने व्यक्ति समेत पक्राउ पर्न थालेका छन् ।

गुल्मीका रेसुंगा, धुर्कोटबाट आगोलगाएको आरोपमा ३ जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिकसमेत गरेको छ । उनिहरुलाई वन ऐन अनुसारको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

आगो लगाउने व्यक्ति पहिचाहन गर्न निकै कठिन पर्ने गरेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । स्थानीय नागरिकले सहयोग नगर्दा आगो लगाउने व्यक्तिहरु पहिचाहन गर्न समस्या हुने गरेको हो ।

डभिजन वन कार्यालय गुल्मीले आगो लागाउने व्यक्ति गोप्य सूचना दिएका पुरस्कार दिने व्यवस्थासमेत गरेको छ । गुल्मी जिल्लामा पछिल्लो २० वर्षको अवधिमा ०७३ सालपछि आगलागीको ठूलो घटना यसवर्ष घटेको छ ।

०७३ सालमा मुसिकोट नगरपालिकाको–४, दगाकोटमा स्थानीय सामुदायिक वनबाट बस्तीमा आगो सल्किँदा ५८ वटा घर जलेका थिए । तत्कालीन समयमा सयौं पशुचौपाया र सयौं गोठ जलेर नष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?