+
+

नेपाल खुद्रा व्यापार संघको अध्यक्षमा पवित्रमान बज्राचार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते ११:२०

९ असोज, काठमाडौं । नेपाल खुद्रा व्यापार संघको अध्यक्षमा पवित्रमान बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा नरेशबाबु शाही निर्विरोध भए भने महासचिवमा अमुलकाजी तुलाधर निर्वाचित भए ।

संघको शनिबार सम्पन्न ४३ औं वार्षिक साधारण सभाले बज्राचार्यको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको सचिवमा राजु मास्के निर्वाचित भए ।

साधारण सभाले कोषाध्यक्षमा बसन्त श्रेष्ठ, सह–कोषध्यक्षमा ध्रुबप्रसाद अधिकारी निर्वाचित भए ।

सदस्यहरुमा शिव डंगोल, सुरज होना, दिनेश तुलाधर र विरेन्द्र सिंह चयन भएका छन् । यसअघि संघको अध्यक्षमा राजकुमार श्रेष्ठ थिए । २०७८ असारमा कोभिड-१९ संक्रमणका कारण उनको निधन भएपछि संघ नेतृत्वविहीन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?