+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बागमती प्रदेशमा ५२ वटा यात्रु सहायता कक्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १९:०२

१० असोज, काठमाडौं । बागमती प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षालाई ध्यानमा योजना अनुरुप यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वको समयमा बढि भिडभाड हुने तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने कुरालाई मध्यनजर गर्दै बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको बागमती प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक रेग्मीले बताए ।

रेग्मीका अनुसार मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुली जिल्लामा ५ वटा गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना भएको छ ।

स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित १ सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?