+
+

हङकङको क्याथे प्यासेफिकले १५ असोजदेखि काठमाडौं उडान पुनः सुरु गर्दै

हङकङको राष्ट्रिय ध्वजाबाहक क्याथे प्यासेफिकले काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १२:५२

११ असोज, काठमाडौं । हङकङको राष्ट्रिय ध्वजाबाहक क्याथे प्यासेफिकले काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ ।

कम्पनीले १ अक्टोबर (१५ असोज)देखि हङकङ–काठमाडौं–हङकङ रुटमा उडान गर्न लागेको हो ।

कोभिड-१९ महामारीसँगै क्याथे प्यासेफिकले हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेको छ ।

क्याथे प्यासेफिकले भने झण्डै तीन वर्षपछि काठमाडौं उडान गर्न लागेको हो । कम्पनीले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौंका लागि योजना बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?