+
+

वीरेन्द्रनगर जलमग्न, सतर्क रहन प्रशासनको अपील

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १२:३९

२१ असोज, सुर्खेत । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण वीरेन्द्रनगर उपत्यका जलमग्न भएको छ ।

उपत्यकामा रहेका खहरे खोलाहरुमा पानिको बहाव बढेको छ । उपत्यकाको तल्लो भाग जलमग्न हुँदा स्थानीय नागरिकहरूले सुरक्षित स्थानका लागि घर थाड्न थालेका छन् ।

वीरेन्द्रनगर उपत्यकामा रहेका नेवारेखोला, इत्रामखोला, झुप्राखोलाका साथै भेरीगंगाको छिन्चुखोलालगायतका खोलाहरू पानीको बहाव पढिरहेको छ । र, ती खोला नजिकका स्थानीय वासिन्दाहरूलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले अपील गरेको छ ।

उपत्यकामा बाढीबाट डुवान हुने र ग्रामीण क्षेत्रमा पहिरोको जोखिम बढेकोले सतर्क हुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

‘उपत्यकाको निकास क्षेत्र अलि बढी जोखिममा हामी त्यो क्षेत्रको अनुगमन र उद्धारमा निक्लिएका छौं । अहिलेसम्म कुनैपनि मानवीय क्षति भएको छैन्,’ प्रजिअ रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?