+
+

नेपालीमूलकी परिजिताले ‘द भ्वाइस’को कोचमा रोजिन् जोन लिजेन्डलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १५:०५

काठमाडौं । अमेरिकी संस्करणको टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस’को ब्लाइन्ड अडिसनमा छनौट भएकी नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले कोचको रुपमा जोन लिजेन्डलाई छानेकी छन् ।

गतसाता १७ वर्षिया किशोरीले ब्लाइन्ड अडिसनमा प्रस्तुत गरेको गायकीलाई देखाइएपनि उनले कोचको रुपमा कसलाई छनौट गरिन् भन्ने कुरा चाहिँ गोप्य राखिएको थियो ।

तर, अपेक्षाअनुसार नै उनले जोन लिजेन्डलाई छानेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अडिसनको प्रस्तुतिकै बेला उनका बुवाले जोनलाई छान्न भन्दै हुटिङ गरेकाले स्वभाविकरुपमा परिजिताले पनि उनैलाई कोचको रुपमा लिने अपेक्षा थियो ।

उनको प्रस्तुतिमा द भ्वाइसका चारैजना कोचले घुर्सी घुमाएर उनको छनौटलाई अनुमोदन गरेका थिए । सुरुमा कोच जोन नै फर्किएका थिए । आफूलाई मनपर्ने गीत गाएको भन्दै आफू परिजिताको फ्यान समेत बनेको उनले बताएका थिए ।

परिजिताले तिमोथी ली म्याकेन्जीको गीत ‘जेलस’ गाएर जज तथा दर्शकलाई मन्त्रमुग्ध तुल्याएकी थिइन् । द भ्वाइसमा प्रस्तुति दिएसँगै नेपालमा समेत उनको चर्चा चुलिएको छ ।

मास्टरसेफ सन्तोष शाह शाहका सेलिव्रिटीहरु परिजितालाई जिताउन भन्दै अभियान समेत थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?