+
+

काठमाडौं-७ मा मानुषीले दर्ता गराइन् उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १४:३८

२३ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)की मानुषी यमी भट्टराईले काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन् ।

माओवादी केन्द्रको चुनाव चिह्न लिएकी उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । यो क्षेत्रको प्रदेशसभातर्फ (क) मा एकीकृत समाजवादीका बसन्त मानन्धर र (ख) मा नेपाली कांग्रेसका सबिन तामाङ उम्मेदवार छन् ।

उम्मेदवारी दर्ताका लागि तीनै उम्मेदवार र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?