+
+

पूर्व–पश्चिम, पहाड-मधेश घुम्दै चुनाव लड्ने सायद म नै पहिलो व्यक्ति हुँ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १६:५४

२३ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पूर्व–पश्चिम र मधेश–पहाड घुम्दै चुनाव लड्ने आफू नेपालको इतिहासमै पहिलो व्यक्ति हुनसक्ने बताएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी गोरखा–२ मा उम्मेदवारी दर्ता गराएपश्चात पत्रकारसँग कुराकानी गर्दै उनले यसपटकको निर्वाचनमा गोरखा आएपछि थप नयाँ रेकर्ड कायम भएको बताए ।

‘सबैभन्दा पहिले रोल्पाबाट चुनाव लडे, अनि काठमाण्डौबाट, त्यसपछि सिराहाबाट अनि आफ्नै गृहजिल्ला चितवनबाट,’ उनले भने, ‘यसरी देशको पूर्व पश्चिम मधेश पहाड घुम्दै चुनाव लड्ने नेपालको इतिहासमा सायद म नै पहिलो भएको छु भन्ने लागेको छ, अब गोरखा आएपछि नयाँ रेकर्ड बन्यो जस्तो लाग्छ ।’

गोरखा आफ्नो लागि चिरपरिचित ठाउँ भएकाले पनि गोरखामा चुनाव लड्न पाउँदा आफू निकै खुशी भएको उनले बताए । युवावस्थामा आफूले अध्ययन गरेको जिल्ला समेत रहेको बताउदै उनले पार्टी हेडक्वार्टर गोरखामा राखेर जनयुद्धको सम्पूर्ण तयारी गरेको समेत स्मरण गराए ।

‘जनयुद्धको पहिलो सैनिक तालिम यही गोरखाको सिरानचोकमा भएको हो, पछि हाम्रो पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई चुनाव जितेर अर्थमन्त्री भएको जिल्ला, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घर, हरेक दृष्टिकोणले मेरा लागि गोरखा एउटा ऐतिहासिक जिल्ला हो, यहाँ आउँदा मलाइ कता आए भन्ने लागेको छैन,’ उनले भने ।

गठबन्धनबाट निर्वाचनमा गएको बताउँदै उनले गोरखाबाट आर्थिक समृद्धिका लागी नयाँ रोडम्याप बनाउन सुरु गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?