+
+

बहुमूल्य पत्थर ठगी गरेको आरोपमा गोरखाका दुई युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १० गते १७:१९

१० चैत, काठमाडौं । मुगाको माला लगायतका बहुमूल्य पत्थर ठगी गरेको आरोपमा गोरखा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भीमसेन थापा गाउँपालिका–८ का २५ बर्षीय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनीहरुसँगै कपिलवस्तुका २७ बर्षीय इमान सिं सुनारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार गत ३० फागुनमा मुगाको माला र टल्कने पत्थर किन्न भन्दै उनीहरु नुवाकोटको बिदुर नगरपालिका–७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए ।

‘घरमा पुगेर सामान हेरेछन्, ३५ लाखमा किन्ने फाइनल डिल पनि भएछ’, उनले भने, ‘तर अन्तमा पैसा नदिई सामान लिएर भागेछन् ।’

तामाङले प्रहरीमा खबर गरेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । फोन ट्रयाकको आधारमा काठमाडौंको वालुवाटारस्थित उनीहरुकै कोठाबाट तीनै जनालाई पक्राउ गरिएको डीएसपी खड्काले बताए ।

‘ठगी भएको खबर आएपछि हाम्रै योजनामा तामाङलाई अरु पत्थर पनि छ भन्दै उनीहरुलाई लिन आउनु भनेर बोलाउन लगायौं । त्यही क्रममा हामीले उनीहरुको फोन ट्रयाक गर्दै लोकेसन पत्ता लगायौं’, डीएसपी खड्काले भने ।

ठगी गरेको सामानसहित उनीहरुलाई पक्राउ गरिएको डीएसपी खड्काले बताए । उनीहरुको साथबाट ठगी गरेको मुगा माला चार थान, सिमाला दुई थान, आर माला र टल्कने पत्थर नौ थान समेत बरामद भएको उनले जानकारी दिए ।

उनीहरु विरुद्ध ठगी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?