+
+

चामलको बोराभित्र लागु औषध, पक्राउ परे २ युवा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १६:०९

९ वैशाख, काठमाडौं । चामलको बोराभित्र लागु औषध लुकाएर ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका–११ वनौलीका ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका–११ घर भएका ४ वर्षकै कमल अधिकारी छन् । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

६ वैशाखमा नागढुंगा चेकपोष्टबाट डाइजापाम, नोर्फिन र फेनारगन गरी ३ हजार ३०८ ट्याब्लेटसहित मुखियालाई प्रहरीले पक्राउ गरेको थियो । चामलको बोराभित्र लुकाएर उनले उक्त लागु औषध ल्याएका थिए ।

उक्त लागु औषध काठमाडौं आइसकेपछि अधिकारीले बेच्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी रामेश्वर कार्कीले बताए । पक्राउ परेका दुबै जनाविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?