+
+

सहमतिपछि खुल्यो गोरखामा यातायात

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते २०:०५

१४ चैत्र, गोरखा । दुई पक्षको सहमतिपछि यातायात मजदुरले बन्द गरेको गोरखाको सार्वजनिक यातायात खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुई पक्षले आ-आफ्नो गल्ती स्वीकार गरेर आगामी दिनमा यस्ताे गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गरेपछि सहमति जुटेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

‘घटनामा बसका चालकले ८ हजार नगद र मोबाइल हराएको भनी जाहेरीमा उल्लेख गरेका थिए,’ दाहालले भने, ‘त्यसको क्षतिपूर्ति कार पक्षले दिने सहमति भएको छ ।’

दुर्घटनामा क्षति भएको कार बसको तर्फबाट दरौंदी यातायात सेवा कम्पनी प्रालिले व्यहोर्ने सहमति भएको छ । यातायात मजदुर कुटिएको भन्दै जिल्लाभरका यातायात मजदुरहरूले बुधबार बिहानैदेखि गोरखामा सार्वजनिक यातायात बन्द गरेका थिए । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक यातायात चलेनन् ।

गत आइतबार होलिको दिन ग १ ख ७१९१ नम्बरका बस चालक अर्जुन परियार र सहचालक टिकाराम नेपालीमाथि गोरखा नगरपालिका–७ धारापानीका हरि श्रेष्ठ, धुब्र श्रेष्ठ र समित श्रेष्ठलगायत व्यक्ति मिलेर कुटपिट गरेको भन्दै यातायात मजदुरहरू विरोधमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?