+
+

नेपाली टोपीमा नाच्दै अमिताभ बच्चन : जन्मदिन छेकोमा ‘उचाइ’को पोस्टर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते ११:४५

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को नयाँ पोस्टर सार्वजनिक भएको छ जहाँ अमिताभ बच्चनलाई चित्रण गरिएको छ । फिल्ममा बच्चनको यो ‘फस्टलुक’ समेत हो ।

पोस्टरमा बच्चनका दुई लुक्स देख्न सक्छ । पोस्टरको माथिल्लो भागमा सगरमाथा क्षेत्रको पदयात्रामा निस्किएको लुक्स देखाइएको छ भने तलतिर नेपाली टोपीमा नृत्य गर्दै गरेको ।

फिल्मको कथावस्तुअनुसार पोस्टरमा दर्शाइएका अमिताभको सन्दर्भ नेपालसँग जोडिएको छ । मंगलबारदेखि अमिताभ ८० औं वर्षमा टेक्दैछन् र त्यसको अवसरमा निर्माण कम्पनी राजश्री प्रोडक्सनले अमिताभलाई लिएर पोस्टर लन्च गरेको हो ।

मित्रताको कथा भन्ने यो फिल्मलाई झन्डै एक महिना लगाएर नेपालका हिमाली भूगोलमा छायांकन गरिएको थियो । अमिताभ त नेपाल आएनन् तर उनकै डमी एक्टरलाई लिएर सुटिङ गरिएको थियो ।

सुरज वर्जत्य निर्देशित फिल्म कात्तिक २५ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?