+
+

नेपालमा लगानी भित्र्याउन गैर आवसीय नेपालीलाई ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नका लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १८:१९
फाइल तस्वीर

२५ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नका लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् । मंगलबार गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् ।

उनले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरे । नेपालमा अन्य देशको भन्दा लगानीको प्रतिफल समेत राम्रो रहेको उनको भनाइ थियो । उनले नेपालमा गैर आवासीय नेपालीहरुले लगानी गर्नका लागि पुराना र जटिल कानुनहरु परिवर्तन भएको र बाँकी कानुनहरु परिर्वतन गर्ने प्रक्रियामा रहेको बताए ।

गैर आवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपालमा लगानी गर्ने विषयमा सहकार्य गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको उनले बताए ।

उनले भने, ‘नेपालमा लगानीको वातावरण छ । पुराना र जटिल कानुनहरु परिवर्तन भएका छन् । अरु बाँकी कानुनहरु परिवर्तन हुँदैछन् । नेपालमा धेरै सम्भावना छन् । प्रतिफल पनि तपाईंले अन्य देशमा पाउने भन्दा राम्रो छ । पूँजीलाई नेपालमा लगानी गर्नुहोस् । निजी क्षेत्रको सहयोग रहन्छ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले गैर आवसीय नेपालीहरुलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरु भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?