+
+

रुसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन तत्काल पहल गर्नुपर्छ : प्रदिप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १५:२५

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले रुसी सेनामा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।

संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद पौडेलले रुसी सेनामा कार्यरत रहेका नेपाली युवाहरूलाई फिर्ता ल्याउन माग गरेका हुन् ।

‘रुसी सेनामा भर्ना भएका कतिपय नेपालीको मृत्युसमेत भइसकेको र धेरै बेपत्ताको खबरहरु आइरहेका छन्,’ उनले भने, ‘यस्तो गम्भीर अवस्थामा सरकारले आफ्नो नागरिक फिर्ता ल्याउन प्रभावकारी कदम चाल्न जरुरी छ ।’

उनले ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ती भएको अवस्थामा पनि सरकारसँग यकिन तथ्यांक नहुनुले कूटनीतिक पहलमा कमजोरी देखिएको समेत बताए ।

पौडेलले परराष्ट्र मन्त्रालयलाई समितिमा बोलाइ गम्भीर पहल गर्न र घाइते तथा मृतकका परिवारलाई सहयोग गर्न निर्देशन दिन सुझाव दिए ।

प्रतिनिधिसभाबाट समेत यस विषयमा पटक–पटक कुरा उठिरहेको भए पनि सरकार गम्भीर नभएकाले समितिबाट निर्देशन दिनुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?